img

हाम्रो बारेमा

गृह पृष्ठ - हाम्रो बारेमा

हाम्रो बारेमा

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र

वन वाटिका

विश्व शान्तिका अग्रदुत बुद्धको जन्मस्थल लुम्बिनी, स्थल मार्गबाट सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका, बुद्ध मावली देवदह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पुर्व पश्चिम र उत्तर दक्षिण राजमार्गको संगमस्थल हो रुपन्देही । प्राकृतिक, धार्मिक एवं सांस्कृतिक रुपमा धनी रुपन्देहीको एउटा छुट्टै महत्व बोकेको पर्यटकीय स्थल हो शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र । वन वाटिकाको नामले परिचित यो ठाउं जैविक विविधताको एक महत्वपूर्ण केन्द्र पनि हो । वन वाटिकाको आसपासमा तत्कालीन ब्रिटिस सेनालाई नेपाली सेनाले पराजित गरेको बुटवलको जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान फुलबारी, हिलपार्क, तिलोत्तमाको कुन्ज पार्क, नन्द भाउजु ताल, सैनामैनाको पर्रोहा धाम, गैडहवा ताल, दानापुर ताल बुटवलसंगै जोडिएको सिद्धबाबा मन्दिर पनि छन् । पाल्पाको बसन्तपुरको कामाख्यादेवी मन्दिर र लुम्बिनी केबलकार तथा नुवाकोट र सिद्धार्थ केबलकार पनि वनवाटिकाबाट नजिकै छन् । शंकरनगर सामुदायिक वनको पश्चिमतर्फको क्षेत्रमा २०६२ सालमा स्थापना भएको वनवाटिका यतिबेला रुपन्देही जिल्लाको मात्र नभई प्रदेशकै व्यवस्थित, आकर्षक र धेरै पर्यटक घुम्न आउने गन्तव्य बनेको छ । यहाँ प्राकृतिक सौन्दर्य र जैविक विविधताको संरक्षणका लागि महत्वपूर्ण कामहरू हुँदै आएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडक खण्डको शंकरनगर चोकबाट करिब एक किलोमिटर पुर्वमा रहेको वनवाटिका बुद्ध जन्मस्थल लुम्बिनीबाट ३८ किलोमिटर र भैरहवाबाट १६ किलोमिटर तथा बुटवलबाट ८ किलोमिटर दुरीमा रहेको छ । तिलोत्तमा नगरपालिकाको वडा नं एक र दुईमा पर्ने शंकरनगर सामुदायिक वनको ५ सय ८४ हेक्टर क्षेत्रफल मध्ये ५१ हेक्टर क्षेत्रफललाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले २०६२ सालमा वन विहार तथा अनुसन्धान केन्द्र बनाइएको हो । जनघनत्वको चाप बढ्दै गएपछि जताततै कंक्रिटका घरले भरिंदा भविष्यमा हरियाली र रमणीय सार्वजनिक ठाउं देख्न पाइदैन भन्ने तथ्य मनन्् गर्दै बुद्धिजिवि एवं सामाजिक अगुवा स्वर्गीय बाबुराम अर्यालको परिकल्पनामा वन क्षेत्रको कांडे झाडी र खुल्ला शौच गर्ने थलोलाई आकर्षक पर्यटकीय स्थल बनाउन पहल भयो । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र नामको संस्था स्थापना गरी त्यसको अगुवाईमा वन वाटिकालाई आकर्षक पर्यटकीय स्थल बनाउन स्वर्गीय बाबुराम अर्याल संस्थापक अध्यक्ष रहेर अग्रणी भूमिका निभाउनुभयो । २०६२ सालमा तत्कालीन सभामुख स्वर्गीय सुवास नेम्बाङबाट शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वन वाटिकाको उद्घाटन भयो । समथर र फराकिलो ठाउं, राजमार्गबाट नजिकै, यातायातका साधनको सहज पहुंच भएकाले वन वाटिका सबै मौसम र समयमा आउन र घुमफिर गर्न अत्यन्त सुगम र सहज पर्यटकीय स्थलका रुपमा स्थापित भएको छ । नेपाल सरकारले पहिचान गरेका मुलुकभरिका एक सय वटा पर्यटकीय गन्तव्यको सूचीमा वन वाटिका पनि समावेश छ । शुरुवातमा सानो क्षेत्रमा फुलबारी र बाल उद्यान निर्माण गरी सञ्चालन गरिएको वनवाटिमामा पर्यटकको आगमन र आकर्षण निरन्तर बढ्दै जान थाल्यो र अहिले जिल्लाकै सबभन्दा ठूलो बनभोज स्थल र आकर्षक पर्यटकीय स्थल बनेको छ । वनवाटिका निर्माणको लागि शंकरनगर सामुदायिक वनका तत्कालीन पदाधिकारीहरुदेखि हालसम्मका पदाधिकारी, विभिन्न राजनीतिक दल र दलका नेताहरु, संघीय, प्रदेश र स्थानीय सरकार, संघसंस्था, सुरक्षा निकाय, सञ्चार जगतको साथ र सहयोग महत्वपूर्ण छ ।

icon

पिकनिक स्पट

सभा सम्मेलन गर्नका लागि प्रशस्त ठाउं छ ।

icon

बगैंचा

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र एउटा फराकिलो हरियाली र रमणीय सुन्दर बगैंचा हो ।

icon

बाल उद्यान

बाल बगैंचा, बालबालिकाको मनोरन्जनका लागि बाल उद्यान छन् ।

हाम्रो साझेदारी

वनवाटिका निर्माणको लागि

प्राकृतिक, धार्मिक एवं सांस्कृतिक रुपमा धनी रुपन्देहीको एउटा छुट्टै महत्व बोकेको पर्यटकीय स्थल हो शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र

logo
logo
logo
img

पर्यटकीय स्पट

सुन्दर पर्यटकीय पिकनिक स्पट