img

विवरण

गृह पृष्ठ - विवरण

img

वनबाटिकामा संस्थापक अध्यक्षको सम्झनामा वातावरणमैत्री पार्क बन्ने

तिलोत्तमा, ३ चैत । शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र वनवाटिकामा यसका परिकल्पनाकार एबम् संस्थापक अध्यक्ष बाबुराम अर्यालको स्मृतिमा १० करोड बढी लागतमा वातावरणमैत्री पार्क उद्यान बन्ने भएको छ । २० वर्षअघिसम्म कांडे झाडी र खुला शौच गर्ने स्थान रहेको वन क्षेत्रलाई अर्यालकै परिकल्पनामा पर्यटकीय स्थल बनाउन शुरु गरिएको थियो ।
२०६२ सालमा उद्घाटन भएपछि अर्यालको नेतृत्वमा अथक मेहनत र लगावको कारण अहिले वनवाटिका रुपन्देहीको प्रमुख पर्यटकीय गन्तब्य मध्ये एउटा आकर्षक थलो भएको छ । उनै अर्यालले वनवाटिका बनाउन गरेको योगदानको कदर र उनको सम्झना चीर स्थायी बनाउन भ्यु टावर नजिकै २ बिघा जग्गामा स्मृति पार्क बनाउन शनिबार शिलान्याश गरिएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरेले पार्कको शिलान्याश गरेकी हुन् । सो अवसरमा बोल्दै सांसद घिमिरेले वनवाटिका बनाउन र यो अवस्थासम्म ल्याउन स्वर्गीय अर्यालको अनुकरणीय योगदान रहेको बताइन् ।
केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले वाह्य वजेट प्राप्त भए छिटै नभए आन्तरिक वजेटबाट ५ वर्षभित्र पार्कभित्रका सबै संरचना पूरा गर्ने लक्ष्य रहेको बताए ।
‘स्मृति पार्कले एकातिर संस्थापक अध्यक्ष अर्यालको सम्झना र योगदान भावी पुस्तासम्म रहिरहनेछ भने पर्यटकलाई पनि आकर्षण थप्नेछ’–अध्यक्ष शर्माले भने–‘पार्कलाई वातावरणमैत्री र आकर्षक बनाउने गरी डिपिआर बनेको छ ।’
कार्यक्रममा अर्यालका समकालीन व्यक्तित्वहरु मदनलाल पौड्याल,देवीप्रसाद पाण्डे, केन्द्रका सल्लाहकार मोहन चापागाई,नेकपा एमालेका नेता राम गिरी, केन्द्रका अध्यक्ष बेलप्रसाद शर्मा, उपाध्यक्ष खिमलाल पाण्डे,सचिव फर्शुराम भण्डारी,स्वर्गीय अर्यालकी बहिनी शारदा अर्याल, केन्द्रका अनुगमन समिति सदस्य टेकबहादुर थापा,राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि लगायतले अर्यालको परिकल्पना र मेहनतका कारण वनवाटिकामा अहिले वार्षिक लाखौं पर्यटक आउने थलो बनेको र स्थानीय विकासमा ठूलो योगदान पुगेको धारणा राखे । स्मृति पार्कमा आर्क ब्रिज ९आधुनिक डिजाइनको पुल०,भुलभुलैया बंगैचा,सेल्फी जोन,बच्चाका लागि डुंगा चलाउन मिल्ने पोखरी र माछा पालन पोखरी समेत बनाउने गरी डिपीआर बनेको छ ।