img

विवरण

गृह पृष्ठ - विवरण

img

टावर

वनवाटिकाको आकर्षणको रुपमा १० तले भ्यू टावर र चिडियाखाना पनि रहेका छन् । एक सय ३५ फिट उचाइको भ्यू टावरमा तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र वन वाटिकाको ३० प्रतिशत गरी कुल १३ करोड ५८ लाख रुपैयाँ लगानी भएको छ । लिफ्ट सिस्टमको भ्यू टावरबाट टेलिस्कोपको सहायताले लुम्बिनी, बर्दघाट,कपिलवस्तु र चुरे शृंखलाका साथै भारतको नौतनहवा, कुशीनगर, गोरखपुरसम्म अवलोकन गर्न सकिने छ । भ्युटावरबाट हुने आम्दानीबाट समग्र नगरको आर्थिक विकास र समृद्धिमा दीर्घकालीन योगदान पुग्ने देखिन्छ । यहां रहेको चिडियाखानामा चितुवा, उँट, सारस, अजिंगर, सर्प, अष्ट्रिच, हरिण, मृग,नीलगाई, खरायो, चाइनिज मुसा, मयूरलगायत २५ प्रजातिका जंगली जनावर तथा पशुपंक्षी संरक्षित छन् । बालबालिकाको मनोरन्जनका लागि रोटरी क्लब अफ बुटवलको सहकार्यमा टोय ट्रेन अर्थात ‘बालरेल’ सञ्चालनमा छ ।वनवाटिकाको मुख्य प्रवेशद्वारबाट करिब डेढ किलोमिटर उत्तर तर्फ बौद्धकालीन इनार पनि रहेको जनविश्वास छ । बुद्धले आफ्नो घर तिलौराकोटबाट मावली देवदह आउंदा जांदा यहांको इनारमा पानी पिउने गरेको जनश्रुति छ । यद्यपि यसको उत्खनन् गरी सरकारी निकायबाट पुष्टी हुन भने बांकी छ ।